राजविराज नगरपालिका–२ का वडाध्यक्ष अरुणकुमार यादवलाई पत्नीशोक, श्रीमती रिकी रानीको अल्पायुमै निधन
राजविराज– राजविराज नगरपालिका–२ का वडा अध्यक्ष अरुणकुमार यादवलाई पत्नीशोक परेको छ। उनकी धर्मपत्नी रिकी रानी यादवको कात्तिक २९ गते आइतबार बिहान असामयिक निधन भएको छ।
यादवको अल्पायुमै निधन भएको खबरले राजविराज नगरपालिका परिवार स्तब्ध र मर्माहत बनेको जनाईएको छ। नगरपालिकाले आइतबार शोक विज्ञप्ति जारी गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
नगरपालिकाद्वारा जारी विज्ञप्तिमा दुःखद् घडीमा वडा अध्यक्ष यादवसहित शोकसन्तप्त परिवार, आफन्त तथा इष्टमित्रप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै, अपूरणीय क्षति सहन गर्न शोकाकुल परिवारजनलाई धैर्यधारण गर्ने शक्ति माता राजदेवीले प्रदान गरून् भन्ने कामना पनि नगरपालिकाले गरेको छ।
प्रतिक्रिया
लोकप्रिय
साधु र गधाको कथा सुनाउँदै मुख्यमन्त्री यादवको राजीनामा! जसपालाई लखेटेर एमालेलाई भित्र्याए, अन्ततः एमालेले नै लात्ती हान्यो!
साथीले पेट्रोल खन्याएर जिउँदै जलाएका रूपलालको मृ*त्यु! आरोपीको सनसनीपूर्ण बयान—‘जमिनदारसँग रैतिले ठूलो कुरा गरेको सहिनँ’!
ताजा अपडेट
दानबहादुर कार्कीले सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझेको सरकारी समाचारमै विवाद, कार्की निकट स्रोतको खण्डन

