सोविता गौतममाथि आफनै मतदाताको दुर्व्यवहार, भीडिओ हाल्नेसँग पो रिसाईन !
काठमाण्डौं– सांसद सोबिता गौतममाथि उनको आफ्नै निर्वाचन क्षेत्रमा दुर्व्यवहार भएको छ। सोमबार प्रतिनिधि सभाबो बैठकमा बोल्दै उनले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने मूलपानीमा आफूमाथि दुर्व्यवहार भएको बताईन।
‘साँझ ५ बजे कागेश्वरी मनोहरा–६ मा रहेको मनकामना टोलमा पुगेँ। मुलपानी क्रिकेट स्टेडियममाथिको डाँडातिर गएको थिएँ’ उनले भनिन्–‘त्यहाँको पहिरो अवलोकन गरेर फर्कने क्रममा सामान्य अवस्थामा नरहेका युवा ममाथि दुर्व्यवहार गर्ने किसिमले प्रस्तुत हुनुभयो।’
दुर्व्यवहार गरिएको अन्तिम समयको भिडिओको अंश सामाजिक सञ्जालमा हालिएको बताएकी उनले भनिन्–‘‘ती भिडिओ अपलोड गर्ने व्यक्तिको फेसबुक प्रोफाइल खोलेर हेरेँ। जो व्यक्ति राष्ट्रिय दलको संवेदनशील पदमा रहेको व्यक्ति हुनुहुँदो रहेछ! युवा संगठनको साथी हुनुहुन्छ। बाटो ढुकेर छोरी मानिसहरूलाई तर्साउने अभ्यास के यो अमर्यादित होइन? के यो जंगली प्रकारको भएन?’
गौतमले सुरक्षा चुनौतीबारे संवेदनशील भएर सरकारले सोच्नुपर्ने पनि बताईन।
