रवि लामिछानेसँग १ घण्टा पार्टी कार्यालयमा वसेर फर्किईन पत्नि निकिता

काठमाण्डौं– रवि लामिछाने पक्राउ पर्ने भएपछि उनकी पत्नी निकिता पौडेल रास्वपा कार्यालय पुगेर फर्किएकी छिन्।

रविलाई प्रहरीले आजै पक्राउ गर्ने चर्चापछि उनी केन्द्रीय कार्यालय पुगेकी थिइन्। उनी एक घन्टा जति बसेर केहीबेर अघि फर्किएको जनाईएको छ। लामिछानेसहित उपलब्ध केन्द्रिय नेता र कार्यकर्ता कार्यालय भित्रै छन्।

उनीहरु कसरी अगाडि वढ्ने भन्ने विषयमा छलफल गरिरहेका छन्। रविले पार्टी कार्यालयबाटै गिरफ्तारी दिने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक भेला बोलाएको छ। रास्वपा बागमती प्रदेश सभापति डा. अच्युत्तम लामिछानेले कार्यकर्तालाई यथाशिघ्र केन्द्रीय कार्यालय बनस्थलीमा बोलाएका छन्।

उनले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन्। उनले सवैलाई म्यासेज गरेर पार्टी कार्यालय बोलाएको जनाईएको छ। म्यासेजमा सत्ता गठबन्धनले षड्यन्त्र गर्न लागेको आरोप लगाएको छ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला डाकेको हो। प्रहरीले उनलाई आजै पक्राउ गर्ने जनाईएको थियो।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार प्रक्राउ गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट