छविलाल जोशीको प्रारम्भिक वयानः सहकारी ठगीमा मेरो संलग्नता छैन, रवि र जीबी जिम्मेवार हुन्

काठमाण्डौं– पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीले सहकारीको रकम अपचलन प्रकरणमा रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी) नै प्रमुख जिम्मेवार रहेको बयान दिएका छन्।

जोशीलाई आइतबार काठमाण्डौंमा पक्राउ गरी कास्की लगिएको छ। कास्की प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याउने र खर्च गर्ने भूमिकामा लामिछाने र राईकै भूमिका प्रमुख रहेको बयान दिएका हुन्।

‘सहकारीको रकम अपचलनमा मेरो कुनै संलग्नता छैन। रवि र जीबी नै जिम्मेवार हुन्।’– कास्की प्रहरी स्रोतले भन्यो। जोशीमा ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले म्याद दिएको छ।

गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक रहेका जोशीमाथि तीनवटा कसुरमा अनुसन्धान गर्नुपर्ने माग प्रहरीले गरेको छ। उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुनेछ।

प्रहरीका अनुसार, जोशीकै बयानका आधारमा रवि लामिछानेमाथि समेत पक्राउ अनुमति लिने कास्की प्रहरीको तयारी छ। जीबी राईमाथि भने गएको वर्ष नै पक्राउ पुर्जी जारी भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट