ट्राफिक इन्स्पेक्टरले बीच सडकमै हाने जनपद प्रहरीका सहायक हवल्दारलाई चड्कन

काठमाडौँ– काठमाडौँको नागढुंगामा एक जना ट्राफिक प्रहरीका इन्स्पेक्टरले जनपद प्रहरीका एक सहायक हवल्दारलाई सडकमै कुटपिट गरेको भीडीओ अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

भीडीओमा इन्स्पेक्टरले सहायक हवल्दारलाई सडकमै गालामा चड्कन हानेको देखिन्छ। भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले आन्तरिक छानबिन अघि बढाएको जनाएको छ।

भिडिओमा देखिएका इन्स्पेक्टरलाई कार्यालयमा बोलाईएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी विनोद घिमिरेले बताए। सोधपुछ गरेपछि मात्रै कारण खुल्ने उनले वताए।

गल्ती नै गरेको भए पनि कारबाही गर्ने छुट्टै प्रक्रिया भए पनि सडकमै हात हाल्नु राम्रो नभएको उनको भनाई छ। भिडिओ कहिलेको हो भन्ने यकिन हुन बाँकी छ। कुट्ने र कुटाइ खाने दुवै प्रहरी अहिले पनि नागढुंगामै रहेकाले हालसालैको जस्तो देखिएको छ।

इन्स्पेक्टर र सहायक हवल्दार दुवैको नाम प्रहरीले खुलाएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट