एमाले कर्मचारी संगठन सिरहाका अध्यक्ष परस्त्रीसँग रंगेहात पक्राउ

लहान — सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन नेपाल निजामती कर्मचारी संगठन सिरहाका अध्यक्ष राजकुमार राय परस्त्रि महिलासहित पक्राउ परेका छन्।

मालपोत तथा भूमिसुधार कार्यालय सिरहामा कार्यरत रायलाई प्रहरीले बिहीबार दिउँसो सिरहास्थित एक घरबाट पक्राउ गरेको हो।

रायले परस्त्रीसँग सम्बन्ध राखेको र आफूलाई दुःख दिएको भनी उनकी पत्नीले प्रहरीमा उजुरी दिएकी थिईन। सोही उजुरी पछि प्रहरीले उनको निगरानी गरिरहेको थियो। त्यसै क्रममा उनी एउटा घरमा छिरेको सूचनापछि पुगेको प्रहरीले महिलासँगै उनलाई पक्राउ गरेको हो।

दुवै जनालार्य जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान हुने सिरहा प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट