मकवानपुरको थाहा नगरमा विभत्स हत्याः देवरले धारिलो हतियारले भाउजुको टाउको र शरीर छुट्याए

काठमाडौँ— मकवानपुरको थाहा नगरपालिका–१ स्थित कुन्छाल बस्तीमा एक महिलाको विभत्स हत्या भएको छ। मनोज गोपालीकी पत्नी ५५ वर्षीया तुलमायाको देवर नाता पर्ने छिमेकीले धारिलो हतियार (खुकुरी)ले प्रहार गरी बर्बरता पूर्वक हत्या गरेका छन्।

हत्या आरोपमा ३५ वर्षीय विमलमान गोपाली (जिवन) पक्राउ परेका छन्। प्रहरीका अनुसार, विमलखुकुरी) प्रयोग गरी तुलमायाको टाउको र शरीर नै छुट्याउने गरी आक्रमण गरेका थिए। उक्त घटनाले स्थानीयबासी मात्र नभई सुरक्षा निकायलाई समेत स्तब्ध बनाएको छ।

तुलमायाँको घटनास्थलमै उनको मृत्यु भएको थियो। घटनापछि केही समय फरार रहेका विमल अपराह्न ३ बजेर ४० मिनेटमा हतियारसहित इलाका प्रहरी कार्यालय पालुङ पुगेका थिए। प्रहरी स्रोतका अनुसार, उनले हत्या स्विकारेका छन्, र खुकुरीसहित नियन्त्रणमा लिइएको छ।

प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान थालेको भए पनि हत्या गर्नुपरेको कारण खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालका अनुसार, ‘हत्या अत्यन्त गम्भीर र संवेदनशील ढंगले भएको छ। हतियारसहित अभियुक्त नियन्त्रणमा छन्, अनुसन्धान जारी छ।’

तुलमायाको शव पोस्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार यो घटना परिवारभित्रैको सम्बन्ध र मनोवैज्ञानिक असन्तुलनसँग जोडिएको हुनसक्ने आशंका गरिएको छ।

इलाका प्रहरी कार्यालय पालुङ र अस्थायी प्रहरी पोष्ट बज्रबाराहीको संयुक्त टोलीले घट्नाको अनुसन्धान गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट