सिरहामा प्रेमसम्बन्धी विवादपछि युवतीद्वारा युवकमाथि छुरा प्रहार, दुवै अस्पताल भर्ना

लहान — सिरहाको गोलबजार नगरपालिकामा एक १७ वर्षीया युवतीले २४ वर्षीय युवकमाथि तरकारी काट्ने छुरा प्रहार गरी घाईते बनाएकी छिन्। युवकको घाँटीसहित शरीरका अन्य भागमा पनि चोट लागेको छ।

प्रेम सम्बन्धमा रहेको आशंका गरिएका जोडीबीच भएको विवाद हिंसात्मक मोडमा पुगेपछि घटना भएको हो। घाइते युवक गोलबजार–१३ का अशोककुमार महतो हुन्, जो हाल गोलबजार–४ मा डेरा लिएर बस्दै आएका थिए। छुरा प्रहार गर्ने युवती भने गोलबजार–२ की १७ वर्षीया अनिशा मण्डल रहेको प्रहरीले पुष्टि गरेको छ।

सिरहा प्रहरीका अनुसार, बिहीबार अपराह्न अनिशा अशोकको कोठामा पुगेकी थिइन्। केही समय उनीहरूबीच बोलचाल भए पनि त्यसपछि विवाद सुरु भयो। विवादको क्रममा अनिशाले कोठाभित्रै राखिएको तरकारी काट्ने छुरा प्रयोग गरी अशोकको घाँटी र शरीरका अन्य भागमा पटक–पटक प्रहार गरेकी थिईन।

गम्भीर घाइते अशोकको गोलबजारकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ। यता, घरभित्र भएको चर्काचर्की र हल्लाखल्ला सुनेर स्थानीयहरू कोठाभित्र पसेपछि युवती भाग्ने तयारीमा थिईन। छतमाथिबाट हाम फालेर भाग्ने प्रयास गर्दा उनी पनि घाइते भइन्।

अहिले अनिशाको उपचार सिरहास्थित प्रादेशिक अस्पतालमा भइरहेको छ। स्थानीयहरूका अनुसार दुवै प्रेम सम्बन्धमा थिए। उनीहरुको पटक–पटक भेटघाट हुँदै आएको पनि उनीहरुले देखेका थिए। तर पछिल्लो समय उनीहरूबीच मनमुटाव बढेको र विवाद चुलिएको अनुमान गरिएको छ।

घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट