किर्ते नेपाली शैलेन्द्र मोहन झा र मौन जसपाः नेपालको राजनीतिमा भारतको छायाँ

राजविराज – केन्द्रीय सदस्य शैलेन्द्र मोहन झाको ‘किर्ते नागरिकता’ प्रकरणले अहिले जसपा नेपाल पार्टीको ढोकैमा डेरा जमाएको छ। तर पार्टीभित्र कसैको मुख खुलेको छैन।

‘समावेशी आन्दोलन’ र ‘न्याय’का ठूला–ठूला भाषण सुन्दा धेरैलाई लाग्थ्यो – यी नेताहरूले अपार सत्यनिष्ठा बोकेका छन् र यिनीहरुले राजनीतिमा पवित्रता कायम राख्छन्। तर आफ्नै केन्द्रीय सदस्य झाको नागरिकता प्रकरण खुल्दा भने नेताहरू दाँतमा ढुंगा लागे झैं र जिब्रो थुते झैं भएर बसेका छन्।

पार्टी अध्यक्ष उपेन्द्र यादव ह्वाट्सएपमा सोधिएको एउटा प्रश्नको उत्तर पनि दिन नसक्ने अवस्थामा पुगेका छन्। पार्टीका राजनीतिक समिति सदस्य सैलेन्द्र साहचाहिँ दुईवटा प्रश्नको उत्तर दिनसमेत समय अभाव देखाउँछन्। उनी भन्छन् – ‘कार्यब्यस्तताले जवाफ दिन सकेको छैन, सरी।’

कति ‘व्यस्त’ हुन् नेताहरू? किर्ते नागरिकताको विषयमा बोल्न फुर्सद छैन। हुन त उनीहरूका पनि आफ्नै बाध्यता छन् – झा जस्ता भारतीयलाई नेपाली बन्न दिए बापत उनीहरूको पार्टी चलेको छ। त्यसैले त झाका हरेक कामका फाइल उनीहरूले नै घिसारिरहेका छन्।

झाको विषयमा पार्टी कार्यालयमा घन्टी बजिसक्यो। तर जवाफ कसले दिने? राजविराजका सर्वसाधारणले प्रश्न गर्न थालेका छन् – ‘नेताजीहरू, भारतमै जन्मिएका धागड नेतालाई नागरिकता दिने त्यो लोभ कस्तो हो?’

केन्द्रीय सदस्य झाको किर्ते गरेर ‘नेपाली’ बनेको आरोपबारे प्रमाणहरू खुलिरहेका छन्। तर जसपाका नेताहरू अहिले कान बन्द गरेर बसेका छन्। राजनीतिक समिति सदस्य सैलेन्द्र साहको ‘कार्यब्यस्तता’ पनि रमाइलो छ – आफ्नै पार्टीको किर्ते प्रकरणमा दुई वाक्य बोल्न फुर्सद छैन। कतै ‘किर्ते नेपाली’ झाको दामले सबैतिर ताला लगाइदिएको त होइन?

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट