रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरीका सईको जिम्मेवारी खोसियो

राजधानी — सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा हस्ताक्षर अभियानमा सहभागी भएको आरोपमा एक जना ट्राफिक प्रहरीका सईको जिम्मेवारी खोसिएको छ।

नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्कालाई जिम्मेवारी खोसेर प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) झिकाइएको छ। यसको पुष्टि नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले गरेका छन्।

रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी गर्दै नागरिकस्तरबाट हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानमा सई खड्काले समेत हस्ताक्षर गरेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी छानबिनको दायरामा तानिएका हुन्।

घिमिरेका अनुसार घटनाबारे आवश्यक विवरण संकलन गर्न र स्पष्टीकरणका लागि खड्कालाई हेडक्वाटर झिकाइएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट