सुनसरीमा पौडी खेल्दा दुई बालकको डुबेर मृत्यु

इटहरी— सुनसरीको इटहरीमा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार दिउँसो इटहरी उपमहानगरपालिका–१६ स्थित मुरा खोलामा पौडी खेल्दै गर्दा उनीहरू डुबेका हुन्।

मृत्यु हुनेमा इटहरी–१६ का रमेश खत्रीका ९ वर्षीय छोरा युनिस खत्री र इटहरी–५ का बुद्धि परियारका ११ वर्षीय छोरा हेमबहादुर परियार (बिसु परियार) रहेका छन्।

खोलाको दहमा खेल्ने क्रममा अचानक डुबेका बालकलाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी सान्बी सिटी अस्पताल इटहरी ल्याइएको थियो।

तर, चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट