सप्तरीमा मदिरा तस्कर भन्दै विव्यस अध्यक्षमाथि गोली चलाउने प्रहरी इन्स्पेक्टरको जिम्मेवारी खोस्ने, छानविन हुने

राजविराज— सप्तरीको राजगढ गाउँपालिका–२ स्थित कमलपुरमा ‘मदिरा तस्करी’ को आरोपमा सञ्चालित प्रहरी कारबाहीमा गोली चलाउँदा ज्यान गुमाएका स्थानीय ३५ वर्षीय लालु यादवको घटनामा चर्किएको विवादपछि गोली चलाउने प्रहरी इन्स्पेक्टरको जिम्मेवारी खोसिने भएको छ।
लालु यादव, स्थानीय विद्यालय व्यवस्थापन समिति (विव्यस) का अध्यक्षसमेत हुन्। मंगलबार राति भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले गोली चलाउँदा उनको मृत्यु भएको थियो। घटनापछि मृतक परिवार र स्थानीयबासी आक्रोशित बनेका थिए। बुधबार दिनभर प्रदर्शन गर्दै दोषीमाथि कारबाहीको माग राखेपछि बिहीबार प्रशासन र पीडित पक्षबीच सहमति भएको हो।
सहमति अनुसार, घटनाको छानबिन गर्न समिति गठन गरिनेछ भने घटनामा संलग्न प्रहरी अधिकारी वीरन्द्रकुमार यादवलाई तत्काल हटाउने निर्णय गरिएको छ। मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी उमा चतुर्वेदीका अनुसार छानबिन समितिका लागि तयारी थालिएको छ र इन्स्पेक्टर यादवको जिम्मेवारी फिर्ता लिइएको हो।
घटनापछि परिवारले शव उठाउन अस्वीकार गरेका थिए। तर सहमतिसँगै शव पोष्टमार्टम गरेर बुझ्ने तयारी भइरहेको छ। मंगलबार रातिको घटनामा स्थानीय र प्रहरीबीच झडप भएको बताइएको थियो। प्रहरीले गोली आत्मरक्षामा चलाएको दाबी गरे पनि मृतकका परिवार र स्थानीयवासीले अनावश्यक बल प्रयोग गरी विव्यस अध्यक्षलाई लक्षित गरेर गोली चलाइएको आरोप लगाएका छन्।
घटनाले नेपालको सीमा सुरक्षाको संवेदनशीलता र प्रहरीको आचरणबारे पुनः प्रश्न उठाएको छ।
यो पनि,