मदिरा सेवनपछि विवाद हुँदा घाँटी रेटेर किशोरको हत्याः मृतकको टाउको बोकेर प्रहरीमा पुगे आरोपीत

काठमाडौँ— कैलालीको घोडाघोडी नगरपालिका–८, जरै बस्तीमा शुक्रबार राति भएको एउटा क्रूर घटनाले अहिले स्थानीयहरूबीच त्रासको वातावरण सृजना गरेको छ। सामान्य विवादका कारण सुरु भएको झगडाले २८ वर्षीय केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको घट्ना सार्वजनिक भएपछि स्थानीवासी त्रसित छन्।

प्रहरी र स्थानीयहरूको प्रारम्भिक विवरण अनुसार, १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीको मदिरा सेवनपछि २८ वर्षीय केशरवहादुर बुढासँग सामान्य विवाद भयो। विवाद चर्किँदै गएपछि उनीहरूले हतियार प्रयोग गरी केशरको घाँटी रेटेर हत्या गरे। हत्यापछि उनीहरू मृतकको टाउको झोलामा राखी करिब डेढ घण्टा पैदल हिँडेर सुखडस्थित प्रतिखेत प्रहरी पोस्टमा पुगे र आत्मसमर्पण गरे।

यो दृष्य देख्दा प्रहरी आफैं स्तब्ध भएको छ। मृतकको शरीर घटनास्थलमै छ भने टाउको प्रहरी कार्यालय सुखडमा राखिएको छ। डीएसपी रमेशदत्त अवस्थीले घटनामा संलग्न किशोरहरूको बयान लिन बाँकी रहेको जानकारी दिए। प्रारम्भिक अनुसन्धान अनुसार हत्या पछाडिको मनोविज्ञान र गहिरो कारण पत्ता लगाउन अनुसन्धान जारी छ।

केशर बुढा आफ्नी पत्नी र छोरासहित जरै बस्तीमा बस्दै आएका थिए। उनी केही दिनअघि मात्रै भारतबाट दसैं मनाउन घर फर्केका थिए। स्थानीय रामबहादुर विकले भने, ‘यस्तो घटना त फिल्ममा मात्र हुन्छ भन्थे। आफ्नै गाउँमा यस्तो देख्दा डर लाग्छ। बालबच्चा र सुरक्षा बारे सतर्क रहनुपर्छ।’

घटना भएको बस्ती कम घर भएको र जंगलको आडमा छ। मृतकका परिवारका सदस्य सुर्खेतबाट घटनास्थलतर्फ आउँदै छन्। प्रहरीले घटनास्थल सिल गरेर प्रमाण सङ्कलन गरिरहेको छ र थप अनुसन्धान जारी छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट