महेश बस्नेतलाई विराटनगरमा जेन–जीको ‘रेड अलर्ट’: एयरपोर्टमै गाडीमा रातो पोतियो

विराटनगर— एमाले नेता महेश बस्नेत जहाँ पुग्छन्, जेन–जी समूहको आक्रोशमा पर्छन। केही दिनअघि सिमरा जाने तयारी गर्दा अबरोधको सामना गरेका बस्नेत आज विराटनगरमा पनि उस्तै समस्यामा परे। विराटनगरमा उनिमाथि आक्रमणको प्रयास भएको छ।

विराटनगर एयरपोर्टबाट गाडीमा निस्कन लागेका बस्नेतमाथि जेन–जी समूहका नेता अर्पित कुँवर नेतृत्वको समूहले रातो छ्यापेर प्रदर्शन ग¥यो। विमानस्थलको गेटबाट निस्किन नपाउँदै बस्नेत सवार सवारी साधन रातो रंगले पोतियो। सुरक्षा सतर्कतामै यात्रा गर्दै आएका बस्नेतलाई उद्देश्यपूर्ण रूपमा लक्षित गरिएको यो प्रहारले राजनीतिक तापक्रम झनै बढाउने देखिएको छ।

घटनापछि केहीबेर तनाब सिर्जना भए पनि प्रहरीले अवस्थालाई नियन्त्रणमा लियो र बस्नेतको टोली इटहरीतर्फ अघि बढ्यो। तर वस्ने जेन–जी समर्थकहरूको टार्गेटमा परेका छन्। उनि जहाँ जान्छन्, विरोध प्रदर्शन अनिवार्य जस्तै भएको छ।

एमाले र जेन–जीबीच बढिरहेको टकरावबीच बस्नेतमाथि दोहोरिएका यस्ता प्रत्यक्ष प्रदर्शनहरू अब ‘कसले कति कडा’ भन्ने शक्ति–प्रदर्शनको रूपमै अगाडि बढ्दै गएको विश्लेषकहरू बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट