सविधान सभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङको हर्टएट्याक भएर निधन

काठमाण्डौं– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको सोमवार राती हर्टएट्याक भएर निधन भएको छ। राती करिव साढे १ वजे बालुवाटार स्थित निवासमै हर्टएट्याक भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लाँदै गर्दा बाटैमा उनको निधन भएको हो।

एमाले नेताहरू राती नै शिक्षण अस्पताल पुगेका छन् । उनको पार्थिव शरीर इलाम स्थित घर लैजाने तयारी छ । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

००९ साल फागुन २८ गते इलामको सुन्तलाबारी जन्मिएका नेम्वाङ ०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम– २ बाट विजयी बनेर संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहेका थिए ।

०५४ को छैटौं महाधिवेशनदेखि निरन्तर एमाले केन्द्रीय सदस्य रहेका नेम्वाङ ०७१ सालमा भएको नवौं महाधिवेशनपछि स्थायी कमिटी सदस्य र ०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनपछि उपाध्यक्ष भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट