बलात्कारको भुङ्ग्रोमा जल्दै नेपाली क्रिकेट

अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालको छवि राम्रो बन्न थालेपछि खेलाडीहरु भने धमाधम बलात्कार आरोपमा फस्न थालेका छन्।
सन्दीप लामिछानेको बलात्कारको मुद्दा फैसला हुन नपाउँदै अर्का क्रिकेटर आशिफ शेखपनि बलात्कार आरोपमा कारण विवादमा तानिएका छन्। एक युवतीले आशिफलाई बलात्कारको आरोप लगाउँदै उजुरी दर्ता गर्ने तयारी गरेकी छिन्।
स्रोतका अनुसार ती युवती आइतबार दिउँसो बलात्कारको उजुरी बोकेर महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेकी थिईन। तर, त्यहाँबाट उनलाई कालीमाटीस्थित महिला सेलमा पठाएको थियो। महिला सेलले उजुरीको रित नपुगेको भन्दै फिर्ता पठाई दिएको छ।
पीडित पक्ष आज रितपूर्वकको उजुरी लिएर कालिमाटी स्थित महिला सेलमा जाने तयारीमा रहेको जनाईएको छ। प्रहरीले भने रितपूर्वक निवेदन नआएको र निवेदन आएपछि आशिफमाथि अनुसन्धान हुने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट