काउण्टर एट्याकमा एक गोल खाएर दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल म्यानमारसँग हार्यो

काठमाण्डौं– म्यानमारसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेल अन्तर्गत सोमवार भएको प्रतियोगितामा ८५ औं मिनेटमा गोल खाएर नेपाल १–० ले पराजित भएको छ।

८६ औं मिनेटमा मनिष डाँगीको पासमा लकेन लिम्बुले प्रहार गरेको बल पोष्टमा ठोकिएर बाहिरिएको थियो । त्यो मौकाको फाईदा उठाउँदै डिफेन्सिभ मुभ सहित काउन्टर अट्याकमा म्यानमारले नेपाललाई गोल गर्यो।

८६ औं मिनेटको गोल म्यानमारका लागि विन न्याङ तुङले आफनो नाममा लेखाए। त्यो गोल नै निर्णायक भयो। नेपालका खेलाडीले म्यानमारको गोल अफसाइट भएको माग गरे तर नेपालका कप्तान किरण कुमार लिम्बुला एम्पाएरले पहेंलो कार्ड देखाई दिए।

पहिलो खेल शुक्रबार गोलरहित बराबरीमै टुङ्गिएको थियो । पहिलो खेलमा अञ्जन विष्टले पेनाल्टीमा गोल गर्न चुक्दा नेपाल बराबरीमा रोकिएको थियो । राष्ट्रिय टिमका प्रभावशाली फरवार्ड अन्जनलाई नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाउने अवसर म्यानमारविरुद्ध थियो।

तर उनी त्यो अवसरबाट चुकेका छन्। उनले म्यानमारविरुद्ध कम्तीमा एक गोल गरेको भए नेपालका लागि सर्वाधिक १३ गोलको कीर्तिमानी बराबरी गर्ने थिए।

नेपाल फिफा वरीयतामा १७५ औं स्थानमा छ भने म्यानमार १५ स्थान माथि १६० औं स्थानमा रहेको छ । नेपाल विश्वकप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न म्यानमार गएको हो।

फिफा मान्यता प्राप्त मैत्रीपूर्ण खेललाई नेपालले सन् २०२६ को विश्वकपको छनोट तयारी मानेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट