अधुरै रह्यो लियोनल मेस्सीलाई भेट्ने नेम्वाङको सपना

राजविराज– भनिन्छ, नेपाली नेताहरू राजनीतिका चतुर खेलाडी हुन्छन् । नेपालका सन्दर्भमा भने यो भनाईमा मात्रै सिमित छ। वास्तवमै खेलप्रति भने नेपाली नेताहरूको लगाव निकै कम देख्न पाइन्छ ।

तर खेलकुदका सन्दर्भमा अन्य राजनीतिज्ञभन्दा केही फरक थिए, सुवासचन्द्र नेम्वाङ । उनमा खेलकुदप्रति गहिरो लगाव थियो । खासगरी उनी विश्वकै सर्वाधिक लोकप्रिय खेल फुटबलका पारखी थिए । त्यसमा पनि उनी अर्जेन्टिना र लियोनल मेस्सीका फ्यान थिए।

०७० को निर्वाचनमा इलाम क्षेत्र नम्बर–२ बाट उम्मेदवार वनेका नेम्वाङ मतगणना चलिरहँदा विश्वकपमा मेस्सीको खेल हेर्न व्यस्त थिए । राति विश्वकपमा मेस्सीको गोलमा अर्जेन्टिनाले मेक्सिकोलाई हरायो, बिहान नेम्वाङले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । चुनाव जितेपछिको पहिलो भाषणमा नेम्वाङले मेस्सी र आफूसँगै जितेकोमा खुसी व्यक्त गरेका थिए ।

यति मात्रै होईन, नेता नेम्वाङ चुनावी चहलपहलकै बीचमा विश्वकप फुटबल हेर्न कतार जाने र मेस्सीलाई भेट्ने तयारीमा थिए। तर त्यस वेलाको नेपालको तरल राजनीतिका कारण उनी कतार जान भने पाएनन्।

निर्वाचन परिणामले कुनै पनि दललाई बहुमत नआएपछि सरकार कस्ले वनाउने भन्ने अनिश्चितताकाबीच नेकपा एमालेले दाबी गर्ने तयारी गरेको थियो। त्यसैका कारण पनि नेम्वाङ कतार जान पाएनन्।

देशको स्थिति र मैले तुरुन्तै फर्केर इलामका मतदाताहरुलाई धन्यवाद दिन जानुपर्ने भएकाले पूर्व निर्धारित कार्यक्रम रद्द गरेको उनले वताएका थिए।

त्यसपछि पनि उनले सायदै मेस्सीलाई भेट्ना चाहाना छोडेका थिए। किनकी उनी मेस्सीका अन्ध समर्थक नै थिए। तर, उनको यो सपना भने अधुरै रह्यो। सोमवार राती हृदयघातका कारण नेम्वाङले सवैसँग विदा लिए। अहिले उनको पार्थिव शरिर अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ।

मेस्सी भेट्न कतार जान तम्सीएका उनलाई सवैले विदाका हात हल्लाईरहेका छन्, फुलमाला चढाईरहेका छन्। आँखाभरी आँसु बोकेर विदा हुँदैछन्। त्यसमध्येमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि थिईन।

जस्ले नेम्वाङलाई विदाई गर्दा आफुलाई सम्हाल्न नसकेर रोईरहीन। आसु लुकाउन नसके पछि उनलाई नेताहरुले अध्यक्ष केपी ओलीको कक्षमा पठाउनु परेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट