भारतीय चलचित्र ‘जवान’ ले बनायो डेढ दर्जन नयाँ रेकर्ड

बलिउड चलचित्र ‘जवान’ ले बक्स अफिसमा एकपछि अर्को नयाँ रेकर्ड बनाउँदै गईरहेको छ। अभिनेता शाहरूख खान अभिनीत चलचित्र जवानले ५ दिनमा घरेलु बक्स अफिसमा ३१६ करोड १६ लाख भारू कमाएको छ।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार विश्वभरबाट ५५० करोड बढी कमाएको छ। गौरी खानको लगानीमा एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ।

फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्।

यो चलचित्रले सर्वाधिक अग्रिम टिकट बुक हुने फिल्म र पहिलो दिन बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने फिल्मको रकेर्ड बनाएको छ। यसैगरी, शाहरूख खान, दीपिका पादुकोण, नयनतारा, विजय सेतुपथीको पहिलो दिन सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म पनि जवान नै भएको छ।

यसैगरी, रेड चिल्लीज ब्यानरको पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म, निर्देशक एटली कुमारको पहिलो दिन सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म, एक दिनमै ७० करोड भारू कमाइ गर्ने पहिलो हिन्दी फिल्म, भारतमा सबभन्दा छिटो १ सय करोड कमाउने हिन्दी फिल्म, भारतमा सबभन्दा छिटो २ सय करोड कमाउने हिन्दी फिल्म, भारतमा सबभन्दा छिटो २ सय ५० करोड कमाउने हिन्दी फिल्म, भारतमा पहिलो सप्ताहन्तमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मको नाम पनि जवानले नै लेखाएको छ।

भारतमा सबभन्दा छिटो तीन सय करोड कमाउने हिन्दी फिल्म, विश्वभरबाट सबभन्दा छिटो पाँच सय करोड कमाउने फिल्म, अमेरिकामा सर्वाधिक कमाइ गर्ने पहिलो हिन्दी फिल्म पनि जवान भएको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट