सुन्दर सहर इटहरीबाट सुरु भयो चलचित्र ‘रङ्गेली’को छायांकन

विराटनगर– सुनसरीको सुन्दर सहर इटहरीबाट नेपाली चलचित्र ‘रङ्गेली’को छायांकन मङ्गलबारदेखि सुरू भएको छ। आउँदो महाशिवरात्रीमा प्रदर्शनको लक्ष्यसहित छायांकन सुरु भएको यो चलचित्रको पहिलो शट कलाकार शेखर चापागाईले दिएका छन्।

निर्देशक अर्जुन सुवेदीका अनुसार रङ्गेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोडमा चलचित्रको छायांकन हुने छ। सोमबार मोरङको रङ्गेलीमा रहेको काली मन्दिरमा स्कृप्ट तथा क्यामरा पूजा गर्दै शुभ मुहूर्त भएको थियो।

चलचित्र छायांकनको तालिका अनुसार क्रमशः कलाकारहरू पुग्ने गरी मिलाइएको निर्माता जीतेन्द्र खतिवडाले बताए। चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, अर्पण थापा, रमेश बुढाथोकी लगायतका कलाकार छन्।

चलचित्रका लागि सुशान्त गौतमको सङ्गीत एक गीत युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा लाइभ छायांकन हुनेछ। नेपाली चलचित्रले पहिलोपटक यसप्रकारले गीत छायांकन गर्न लागेको हो। सो गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने सनुप पौडेल र अन्नु चौधरीको स्वर रहने जनाईएको छ।

चलचित्रका सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहने छ। चलचित्रका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन्। कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन्। यसमा निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सहनिर्माता हुन्। चलचित्रलाई सुशन प्रजापतिले छायांकन गरिरहेका छन् ।

यसअघि यो चलचित्रको नाम ‘रंगेली ग्याङस्टार’ घोषणा भएको थियो । तर, रंगेलीका वासीन्दाले विरोध गर्दै छायांकन रोक्ने चेतावनी दिएपछि ‘ग्याङ्स्टार’ हटाएर ‘संगेली’ मात्रै राखिएको हो।

चलचित्रको कथाले रंगेलीलाई गुन्डागर्दी युक्त क्षेत्रजस्तो देखाउने भएपछि फिल्मको नाम परिवर्तन गरिएको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट