शिक्षकले पार्टीको सदस्यता लिए वा कसैको लागि भोट मागे जागिर चैट्

काठमाण्डौं– ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक– २०८०’ ले शिक्षकलाई राजनीति गर्न पुर्ण रुपमा रोक लगाएको छ।

बुधबार संसद्मा दर्ता भएको विधेयकमा शिक्षकले राजनीतिक दलको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन, राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन तथा कसैका निम्ति भोट वा चन्दा माग्न निषेध गरिएको छ।

यस्तो काम गरेमा त्यस्ता शिक्षकलाई सेवाबाट हटाइने प्रावधान विधेयकमा राखिएको छ। तर प्रचार नगरी मताधिकारको उपयोग गर्न भने पाइनेछ। यसैगरी तीनै तहका सरकारबीचको पारस्परिक सम्बन्ध विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पुग्नेगरी लेख प्रकाशन गर्न, रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाइने बताइएको छ।

शैक्षिक बहस र अनुसन्धानसम्बन्धी लेख प्रकाशन गर्न भने बाधा नपुग्ने बताइएको छ। प्रदर्शन गर्न, बन्द हडताल गर्न, थुनछेक गर्न, बाधा अवरोध गर्न, घेराउ गर्न, दबाब दिन, पठनपाठन बन्द गर्न र अन्य तरिकाबाट बालबालिकाको पढ्न पाउने अधिकारमा बाधा पुग्ने कुनै क्रियाकलाप गर्न नपाइने प्रावधान विधेयकमा छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट