लिङ्देनले भनेः १२ वुँदे दिल्ली सम्झौता गलत थियो, त्यो बाट हिडिरहे देश दुर्घटनामा जान्छ

काठमाण्डौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा संस्था पुनर्स्थापनका लागि अन्य दलहरुलाई आग्रह गरेका छन्।

पार्टीले बुधवार काठमाडौंमा आयोजना गरेको विरोध सभामा उनले राजसंस्थालाई अभिभावकीय संस्थाको रुपमा स्वीकार गर्न दलहरुलाई आग्रह गरे। उनलाई राजसंस्थालाई अभिभावकीय भुमिका दिनेगरी अघि बढनुपर्ने प्रस्ताव गरेका छन् ।

‘राजालाई कुनै न कुनै प्रकारको स्पेसको व्यवस्था गर्नुस्, राजालाई अभिभावकीय संस्थाको रुपमा अगाडि बढाऔं ।’ उनले भने। जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था देशका लागि हितकर हुने पनि उनले उल्लेख गरे।

‘नेपाल जस्तो सानो देशका लागि यति धेरै जनप्रतिनिधि भारी हुन्छ । जुनकुरा हामीले भनिराखेको छौं । संघीयता कार्यान्वयन भएपछि मात्रै कति खर्ब राष्ट्रिय ऋण बढ्यो’ उनले भने–‘अहिले २४ खर्ब पुगिसक्यो । ऋण काढेर, जनतालाई ऋण थोपरेर यति धेरै जनप्रतिनिधि पाल्ने भन्दा उनीहरुको संख्या कटौती गरौं ।’

१२ बुँदे दिल्ली झम्झौका विषयमा लिङदेनले आलोचना गरे। ‘तपाईंहरुले दिल्लीको १२ बुँदे सम्झौताको बाटोबाट देशलाई हिँडाउनुभयो, यहाँसम्म आइपुग्दा खेरी त्यो बाटो गलत भयो भन्ने कुरा तपाईंहरुलाई पनि लागेको छ’ उनले भने–‘त्यो बाटो गलत हो भन्ने कुरा प्रमाणित भएको छ, अब त्यो बाटोबाट अघि बढे देशलाई दुर्घटनामा लैजानेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट