भरतपुरमा विहिवार ‘सांगीतिक गजल साँझ’ हुँदै

चितवन– गजल मञ्च चितवनले भोली विहिवार सांगीतिक गजल साँझ आयोजना गर्दैछ। भरतपुर–४ लंकूस्थित द ग्रिन पार्क रेस्टुरेन्टमा गजल साँझ कार्यक्रम गर्न लागिएको मञ्चले जनाएको छ।

१५७ औँ मोती जयन्तीका अवसरमा आयोजित कार्यक्रम साँझ ७ बजेबाट हुने मञ्चका अध्यक्ष लेखराम सापकोटाले जानकारी दिए ।

कार्यक्रममा जिल्लाका युवा गजलकार एवम् गायकहरू उषा तिवारी, निर्दोष जीवन, प्रमिला सानु, सपना अर्याल रैला, अपेक्षा गिरी र परिविक्रमले गजल प्रस्तुत गर्ने अध्यक्ष सापकोटाले बताए ।

करिब २ घण्टाको प्रस्तुतिमा ६ जना गजलकारले पालैपालो सांगीतिक गजल प्रस्तुत गर्नेछन् । स्रस्टाहरूले आफ्ना गजल सँगसँगै चर्चित नेपाली गजलहरूमा पनि आवाज भर्ने मञ्चका उपाध्यक्ष रामकृष्ण अनायासले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट