गायक प्रकाश सपुतको नयाँ गीत ‘जाले रुमाल फाट्यो’ बाट भद्दा सवांद हटाईयो

काठमाडौं– गायक प्रकाश सपुतले नयाँ गीत ‘जाले रुमाल फाट्यो’को अन्तिम सवांदको एउटा शब्द हटाईएको छ। भत्ता शब्द प्रयोग गरेको भन्द आलोचना भएपछि सपुतले उक्त शब्द हटाएका हुन।

‘कुरा बुझ्नु पर्च’को दोस्रो भाग भनिएको यो गीति भिडिओमा जातकै कारण हत्या गरिएकी युवतीको कथा समेटिएको छ। गीतमा फूलमाया(आँचल शर्मा)को हत्यारा पत्ता लगाउन प्रहरी बनेकी स्वस्तिमा खड्का (मनमाया)ले गरेको प्रयासलाई देखाउन खोजिएको छ।

यद्यपि भिडिओको अन्त्यमा प्रकाश सपुतले स्वस्तिमालाई प्याड दिँदै गर्दाको संवाद अपाच्य भएको भन्दै उनले आलोचना खेप्नुपरेको थियो। अहिले त्यो संवाद भिडिओबाट हटिसकेको छ। संवाद हटाएकोबारे प्रकाशले कुनै प्रष्टिकरण दिएका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट