बच्चाको विषयमा विवाद हुँदा छुरा प्रहार गरी युवकको हत्या

रौतहट– रौतहटको कटहरिया नगरपालिका–५ सपहीका २५ वर्षीय सुनिल यादवको छुरा प्रहार गरि हत्या गरिएको छ।

यादवलाई छिमेकीले राति साढे ८ बजे घरमै पुगेर छुरा प्रहार गरेको जनाईएको छ। प्रहरीका अनुसार लामोसमयदेखि दुबै छिमेकीका बीचमा विवाद र रिसिइबी रहेको थियो । शुक्रबार साँझ बच्चाको विषयमा विवाद र झडप हुँदा यादवको देब्रे कोखामा छुरा प्रहार भएको हो।

छोरा प्रहारबाट बेहोस भई ढलेका यादवलाई स्थानीयले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया लगेका थिए। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कटहरिया– ५ का बद्री साह सोनार र उनका काका किसन साहलाई नियन्त्रणमा लिएको छ । रौतहटका डीएसपी दामोदर केसीका अनुसार प्रहरीले घटनाको अनुशन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट