२ महिनाअघि वेपत्ता भएकी महिलाको शव टाउको चुँडिएको अवस्थामा भेटिए

काठमाण्डौं– दुई महिना अघि घाँस काट्न जाँदा वेपत्ता भएकी सूर्यविनायक नगपालिका–२, बालकोटस्थित बङ्गलामुखीकी ६१ वर्षीय परमेश्वरी दाहालको शव टाउको छिनेको अवस्थामा फेला परेको छ।

मध्यपुरथिमि नगरपालिका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा टाउको छिनेको शव फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

महिलाको शवको कङ्काल मध्यपुरथिमिको जङ्गलमा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बताए। कपडाका आधारमा शवको पहिचान गरिएको छ।

मृतककी छोरी जानुका दाहालले गत साउन १० गते आमा हराएको भन्दै प्रहरीवृत्त थिमिमा जाहेरी दिएकी थिईन। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको डीएसपी पाठकले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट