नेपाल क्रिकेट संघको सदस्यमा सप्तरीका आयुष श्रेष्ठ र सचिवमा पारस खड्का निर्वाचित

राजविराज– सप्तरीका आयुष श्रेष्ठ नेपाल क्रिकेट संघको सदस्यमा निर्वासप्तरीबाट आयुष श्रेष्ठ निर्वाचित भएका छन्।
उनी ५१ मत ल्याई तेस्रो स्थानमा खुल्ला केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन। अन्य खुल्ला सदस्यमा धीरेन्द्र साउद ५९, दुर्गाराज पाठक ५४, वीरेन्द्र चन्द ३४ मत ल्याएर निर्वाचित भए । करण महतरा क्षेत्री र ऋषिराम गौतमले बराबर २६ मत पाएका थिए र गोला प्रथा गर्दा करण चुनिएका छन् ।
यता, सचिवमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् ।
शनिबार भएको मतदानमा कुल ८५ मतदाता रहेकामा क्यानको बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष समेत रहेका पारसले ४८ र प्रशान्तले ३७ मत पाए । क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भइसकेका छन् ।
महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया निर्विरोध चयन भएका छन् ।
अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक एक जना सदस्य र खुला ५ जना सदस्यका लागि पनि चुनाव भएको थियो । जसमा कोशीबाट अर्जुन पौडेल ४७ मत प्राप्त गर्दै विजयी भए । मधेश प्रदेशबाट माधव कुमार कर्मचार्य र मोहम्मद दाउद अन्सारीको भोट ४२ बराबर हुँदा गोला प्रथाबाट माधवकुमार कर्मचार्य विजयी भए ।
गण्डकीबाट सुदीप शर्मा ५२ मतसहित विजयी भए भने बागमतीमा दिवाकर घलेले ४६ मत ल्याएर विजयी भए । सुदुरपश्चिमबाट विक्रम विष्ट ४९ भोट प्राप्त गर्दै विजयी भए ।