रक्तमाला वन समुहको योजनाः जुटपानीमा पिकनिक स्पोर्ट र पर्यटकिय स्थल

राजविराज– सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुर स्थित रक्तमाला नमुना सामुदायिक वन उपभोक्ता समुहको २४औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ।

साधारण सभामा आब ०७९/०८० को ५९ लाख ३० हजार ५ सय १२ रुपैयाको आय–ब्यय सार्वजनिक गरिएको छ। समुहको वार्षिक प्रगति प्रतिवेदन र आगामी कार्यक्रमका वारेमा जानकारी दिदै अध्यक्ष इन्द्र लुईटेलले वन संरक्षणका अतिरिक्ता उपभोक्ताको जीवनस्तर उकास्ने कार्यक्रम पनि अघि वढाईएको वताए।

समुहको सकृयतामा उन्नत जातको पशु बितरण गर्ने, बाँस र बेतका सामग्री निर्माणका लागि तथालिम र वजारको सम्भावब्यता अध्ययन गरी आवश्यक कार्य अघि वढाउने, दुना टपरीको उद्योग संचालन गर्ने, वन संरक्षण गर्दा पर्यावरण र पर्यटकिय क्षेत्रको प्रवर्धनलाई विशेष ध्यान दिईने उनले वताए।

आगामी कार्यक्रममा जुटपानी र अमाहामा रिचार्ज पोखरी निर्माण गरी वगेर जाने पानीको संचितीकरण गर्ने अध्यक्ष लुईटेलले जानकारी दिए। यस्ता पोखरीले पानीका मुहान संरक्षण भई धारा र ट्युवेलमा पानी सुक्ने समस्याको निराकरण हुने तथा वाढि नियन्त्रणमा पनि सहयोग पुग्ने उनको भनाई छ। यसका अतिरिक्त पोखरीको पानी सिंचाईका लागि पनि प्रयोग गर्न सकिने गरी योजना अघि वढाईएको उनले जानकारी दिए।

यस्तै मिनि चिडियाखाना, जुटपानीमा पर्यटकीय स्थललगायतका कार्यक्रमलाई पनि यस वर्षको योजनामा समावेश गरिएको वताउँदै सम्वन्धित निकायबाट आवश्यक सहयोग पाए ति योजनालाई सफलता पुर्वक सम्पन्न गरिने उनले प्रतिवद्धता जनाए।

कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले सामाजिक तथा आर्थिक रुपान्तरणमा सामुदायिक वनको महत्वपूर्ण भूमिका बताए। सामुदायिक वनका उपभोक्ताले वनको संरक्षण तथा वन पैदावारको ब्यवस्थित उपयोगिताले आफनो पनि जिवनस्तर सुधार गरेका धेरै उदाहरण भएको वताए।

कार्यक्रममा सप्तकोसी नगरपालिकाका मेयर कृष्णप्रसाद ढकाल, कन्चरुप नगरपालिकाका मेयर ललनप्रसाद गुप्ता, सप्तरीका सीडीओ किरण थापा, डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साह, सामुदायिक वन उपभोक्ता महासंघ सप्तरी शाखाका अध्यक्ष अशोककुमार चौधरीलगायतले साधारण सभा सफलताका लागि शुभकामना ब्यक्त गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट