बलात्कारी बाबुको गोली हानी हत्या, लगातार तीन महिनादेखि बलात्कार गरेको आरोप
काठमाण्डौं– पाकिस्तानको पञ्जाब प्रान्तकी एक १४ वर्षकी किशोरीले आफ्ना बलात्कारी बुबालाई गोली हानेर हत्या गरेकी छिन ।
लाहोर सहरको गुज्जरपुरा क्षेत्रमा भएको उक्त घट्नामा पक्राउ परेकी किशोरीले आफुमाथि तीन महिनादेखि लगातार बलात्कार भएको बताएकी छिन्।
गोली लागेपछि ति ब्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरी अधिकारीका अनुसार सबै पक्षबाट अनुसन्धान गरी अभियुक्त विरुद्ध मुद्दा दर्ता गरिने छ ।
समाचारमा भनिएको छ कि परिवारले सो किशोरीले बाबुलाई मारेको थाहा पाएपछि पुलिसलाई बोलाएका थिए । शनिबार दिउँसो छिमेकीले पुलिसलाई अपराधको बारेमा जानकारी दिएको जनाईएको छ । सूचना पाएलगत्तै सिभिल लाइन्सका एसपी हसन भट्टी र प्रहरी वरिष्ठ अधिकारीले घटनास्थलमा अभियुक्त, उनकी आमा, भाइ र छिमेकीलाई पक्राउ गरेका थिए ।
यस घटनाको एक दिन अघि मात्र एक पाकिस्तानी अदालतले एक नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको थियो।