बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएपछि सम्पर्क विहिन भए एमालेका वडाध्यक्ष

ओखलढुङ्गा– २५ वर्षिया युवतीलाई बालात्कार गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि एमालेबाट निर्वाचित ओखलढुंगाका एक वडाध्यक्ष सम्पर्कविहिन भएका छन्।
सुनकोशी गाउँपालिका– १० का वडाध्यक्ष छविरमण धमलाविरुद्ध पुर्जी जारी भएपछि उनी फरार छन्। एक २५ वर्षीया युवतीले वडाध्यक्ष धमलाले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिएकी थिइन्।
असोज ५ गते उजुरी परेपछि वडाध्यक्ष धमलाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। आईतवार ओखलढुंगा जिल्ला अदालतबाट उनीविरुद्ध पक्राउ गर्ने आदेश भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनलाई गिरफ्तार गर्ने तयारी गरेको छ। तर, धमला भने मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन्।
प्रतिक्रिया