बलात्कारको आरोपमा एमालेका वडाध्यक्ष पक्राउ, षडयन्त्र भएको दाबी

ओखलढङ्गा– २५ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन्।

युवतीले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पुर्जी जारी भएपछि उनी मोवाईल अफ गरेर सम्पर्क विहिन भएका थिए।

धमलाविरुद्ध असोज ५ गते मुद्दा दर्ता भएपछि जिल्ला अदालतले असोज ७ गते उनलाई पक्राउ गर्ने आदेश दिएको थियो।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा ‘षड्यन्त्र गरेर आफूलाई फसाइएको’ दाबी गर्दै उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए।

पक्राउ परेका धमलालाई ओखलढुङ्गा जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

धमला स्थानीय तहको दोस्रो निर्वाचनमा नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट