सुविधा सम्पन्न भवन छोडेर गाउँपालिकाको कार्यपालिका बैठक गुफामा

काठमाण्डौं– अधिकांश स्थानीय तहले दैनिक प्रशासनिक काम तथा वैठकका लागि सुविधा सम्पन्न भवन वनाएका छन्। स्थानीय तहका कार्यालय भवन हेर्दा भने साँच्चै सिंहदरबार गाउँ–गाउँ पुगेको आभास हुन्छ।

यस्तो सुविधाभोगी समयमा पनि तनहुँको बन्दीपुर गाउँपालिकाले भने आफनो कार्यपालिका बैठक गुफामा राखेको छ। विश्व पर्यटन दिवसका अवसरमा गाउँपालिकाले बन्दीपुर–४ स्थित सिद्धगुफाभित्र कार्यपालिका बैठक राखिएको हो।

यो गुफालाई दक्षिण एसियाकै ठूलो गुफा दाबी गरिएको छ। यसको प्रचारप्रसारका लागि गुफाभित्रै बैठक आयोजना गरिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। बैठकले माघ १९ गते सिद्धगुफा महोत्सव गर्ने निर्णय गरेको छ।

तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्धगुफा समुद्री सतहबाट छ सय मिटरमाथि छ। यो गुफा ०४४ सालमा पत्ता लागेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट