राष्ट्रवादी प्रधामन्त्रीको ट्यान सुट मोहः कुन पोशाकमा फर्कदैछन् नेपाल ?

काठमाण्डौं– भदौं ३१ गते अमेरिका भ्रमणमा निस्केका प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रवादी देखिन दौरा सुरुवाल लगाएर विमान चढे। उनी मात्र होईन उनकी पिए गंगा दाहाल पनि सारी चोलोमा थिईन।

तर, न्युयोर्कस्थित जोन अफ केनेडी विमानस्थलमा उत्रिदा भने दुवै जना विदेशी भेषभुषामा देखिए। प्रधानमन्त्री खैरो रंगको ट्यान सुटमा देखिए भने गंगा कोट–पाइन्टमा। ‘ट्यान सूट’ भनेको हल्का खैरो वा माटो, खरानी वा बालुवा रङको सुट हो। प्रधानमन्त्री दाहाल प्राय ट्यान सुटमै देखिन्छन्। तर, महत्वपुर्ण कार्यक्रमहरुमा गाढा रङको पोसाक लगाउँदा राम्रो मानिन्छ।

त्यसपछि उनीहरुले सामाजिक सञ्चालनमा आलोचना खेप्नु पर्यो। दाहालले नेपाली पोशाकमा उपस्थित हुनुमा हिनताबोध गरेर ट्यानसुट लगाएको भन्दै धेरैले आलोचना गरे। त्यसलाई उनीहरुले नेपाली राष्ट्रिय पोशाकको अपमान गरेको भन्दै टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा ‘प्रचण्डले शौचयालयमा लुगा फेरे’ भन्दै उडाईयो। कतिपयले भने ट्यान सुटलाई दाहालको अहंकारसँग जोडेर ब्याँख्या गरे। खैरो रंगको सूटलाई रणनीतिक अवसरका लागि अनुपयुक्त मानिने भएकाले पनि यसको आलोचना भयो।

खास गरी, दाहालको पोशाकलाई अमेरिकाका तत्कालिन राष्ट्रपति बाराक ओबामाको ‘ट्यान सूट’ विवादसँग तुलना गरियो। सन २०१४ मा ओबामाले सिरियामा केन्द्रित पत्रकार सम्मेलनमा ट्यान सूट लगाएका थिए। गाढा सूट लगाएका ओबामाका कारण प्रमुख मिडियामा हलचल पैदा भयो। कतिपयले यसलाई अव्यवसायिक भनेर आलोचना गरे।

सोही विषय प्रधानमन्त्री दाहाल प्रकरणमा पनि दोहोरियो। त्यसका विषयमा प्रधानमन्त्रीका तर्फबाट कुनै प्रतिक्रिया अहिलेसम्म आएको छैन। अमेरिका भ्रमण सकेर उतैबाट चीन भ्रमणमा पुगेका प्रधानमन्त्री आज स्वदेश फर्कदैछन्। त्रिभुवन विमानस्थलमा उत्रदा उनले ट्यान सुट नै लगाउँछन् की दौरा सुरुवाल लगाउँछन् अहिले धेरैले चासो ब्यक्त गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट