२ कक्षामा पढ्ने बालकको शव झुण्डिएको अवस्थामा फेला परेपछि…

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर स्थित एक वोर्डिङ स्कुलको होस्टलमा बसेर कक्षा दुईमा अध्ययन गर्ने बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ दैलेखका ८ वर्षीय सलाम पुलामी मृत फेला परेका हुन।

शुक्रबार राति नै झुण्डिएको अवस्थामा फेला परेका बालकको शव अहिलेसम्म उठाइएको छैन। घटना शंकास्पद भएको भन्दै आफन्तहरू आन्दालन उत्रिएका छन्। उनीहरुले होस्टेल बाहिर तोडफोड गरेपछि उषा विद्यालयको परिसर तनावग्रस्त बनेको छ ।

विद्यालय परिसरमा प्रहरी तैनाथ गरिएको छ भने प्रहरीले आन्दोलनकारीलाई लक्षित गरी अश्रु ग्याँससमेत प्रहार गरेको छ । प्रहरीले सञ्चालक समितिका सदस्यलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भैरहेको सुर्खेतका एसपी योगेन्द्रबहादुर थापाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट