बाबुको जन्मदिनको पार्टी र आमाको सल्लाहले अनमोललाई प्रहरी हिरासतमा पुर्यायो

काठमाडौं– ठगी आरोपमा पक्राउ परेका नायक अनमोल केसी अदालतको आदेशमा आईतवार साँझ हाजिरी जमानीमा हिरातमुक्त भए। तर यो प्रकरणले फिल्म क्षेत्र नराम्ररी तरंगित भएको छ। कलाकारहरु पनि दुई भागमा विभाजित भएका छन्।

यो सँगै अनमोल प्रहरी हिरासतमै पुग्नु पर्ने अवस्थाको सिर्जना कसरी बन्यो भन्ने चासो वढेको छ। खास गरी दार्जेलिङमा रहेकी आमा सुस्मिता बम्जनको सल्लाह मान्दा अनमोल केसी प्रहरी हिरासतमा पुगेको खुलेको छ।

यसको विजारोपण भने बाबु भुवन केसीको जन्मदिनको दिन असोज १ गते भएको स्रोत वताउँछ। निर्देशक सुदर्शन थापाले देखाएको व्यवहारले अनमोलसँगको सम्बन्धमा दरार आएको थियो।

भुवनको जन्मदिनको पार्टीमा सुदर्शनले अधिक मदिरा सेवन गरेपछि देखाएको व्यवहारले अनमोलले रावायणमा अभिनय नगर्ने निर्णय गरेको उनी निकट स्रोतले बतायो। सुदर्शनले अनमोलसहित भुवन र जियासँगैको तस्विर राखेर फिल्म रावायणबारे फेसबुकमा लेखेका थिए।

त्यसको पाँच दिनपछि अनमोलले फेसबुकमा स्टाटस लेखे, ‘म कसैको स्वार्थमा उपयोग नहुँ भन्नेमा निकै गम्भीर छु, त्यसैले मैले अब फिल्म गर्दा जबसम्म स्क्रिप्टमा मेरो पूर्ण चित्त बुझाइ हुँदैन तबसम्म फिल्म गर्न हतार गर्ने छैन। अब ममाथि कुनै प्रकारको दबाब वा हतारको प्रभाव हुन्न र हुन दिने छैन।’

अनमोल निकट स्रोतका अनुसार यो स्टाटस फिल्म रावायण लक्षित नै थियो। रावायणको स्क्रिप्ट अपूरो रहेको भन्दै अनमोलले चित्त बुझाएका थिएनन्। तर फिल्म फ्लोरमा लैजान सुदर्शनले जोडबल लगाइरहेका थिए।

सुदर्शनले फिल्म बनाउन प्राविधिक लगायतलाई पैसा दिइसकेका थिए। फिल्मको सुटिङ नभए प्राविधिक लगायतलाई दिएको पैसा निश्चित अवधिपछि फिर्ता हुदैन।

अनमोलको फेसबुक स्टाटस आएपछि सुदर्शनले भुवन केसीमार्फत अनमोललाई मनाउन खोजे। भुवनले अनमोललाई दबाब दिए। अनमोलले आमा सुस्मिता बम्जनसँग सल्लाह गरे। दार्जलिङमा रहेकी सुस्मिताले उनलाई ‘चित्त नबुझी फिल्म नगर्न, बरु धेरै दबाब आए दार्जलिङ आउन’ भनेकी थिइन्। भुवनसँग डिभोर्स भएपछि सुस्मिता भारतको दार्जलिङमा बस्छिन्।

जति गरे पनि अनमोलले फिल्ममा अभिनय नगर्ने भएपछि सुदर्शन प्रहरीबाट दबाब बढाउने रणनीतिमा लागेर निर्मात्री रहेकी उनको श्रीमती सुप्रिया कटुवालले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी गरिन्। त्यही उजुरीको आधारमा अनमोल पक्राउ परेका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट