आजदेखि खुल्दैछ डिभी, तत्काल राहदानी नभएपनि हुने

काठमाण्डौं– सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको लागि बुधबारदेखि आवेदन खुल्दैछ । नेपाली समय अनुसार असोज १७ गते राति ९ः४५ बजेबाट आवेदन दर्ता सुरु हुनेछ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार आवेदन दर्ताको समय कार्तिक २१ मा नेपाली समय अनुसार १०ः४५ बजेसम्म रहने छ। डिभी चिट्ठामा सहभागि हुन कुनै पनि शुल्क लाग्दैन। यसका लागि कुनै पनि कन्सल्टेन्टको पनि आवश्यक नपर्ने र सहयोग नलिन पनि दुतावासले सुझाव दिएको छ।

कार्यक्रमका लागि दर्ता गर्ने अवधिमा  https://dvprogram.state.gov/ मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डिभी) आवेदन फारम भर्नु पर्ने हुन्छ।

दर्ता गर्दा आफ्ना पति/पत्नी र आवेदको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्न अनिवार्य रहेको र यदी समावेश नगरी विवरणहरू पेश गरे आवेदन अमान्य पनि ठहरिने दूतावासले जनाएको छ।

कुनै पनि व्यक्तिले हालसालै खिचेको तस्बिर र एउटा मात्रै आवेदन बुझाउनुपर्ने हुन्छ। अघिल्लो वर्षको डिभीमा प्रयोग गरिएको फोटो हाले पनि अयोग्य नै ठहरिने विज्ञप्तिमा उल्लेख छ।

यसअघि अमेरिकाको विदेश मन्त्रालयले आवेदकहरूलाई डिभी आवेदन भर्दा राहदानी भएको जानकारी दिनुपथ्र्यो। तर अहिले राहदानी हुनु अनिवार्य नभएको दूतावासले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट