मदिरा घोटाला प्रकरणमा आम आदमी पार्टीका सांसद सञ्जय सिंह गिरफ्तार
दिल्ली– दिल्लीको मदिरा घोटाला प्रकरणमा भारतको आम आदमी पार्टीका सांसद सञ्जय सिंह पक्राउ परेका छन्। उनलाई प्रवर्तन निदेशालय (ईडी) ले पक्राउ गरेको हो।
ईडीले बुधबार बिहान सञ्जय सिंहको घरमा छापा मारेको थियो। त्यस क्रममा केही घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको हो। उनीसँग झन्डै १० घण्टा सोधपुछपछि गरिएको समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ।
यसअघि आम आदमी पार्टीका नेता सत्येन्द्र जैन र मनिष सिसोदिया पनि पक्राउ परेका छन्। मनिष सिसोदिया हाल जेलमा छन्, तर सत्येन्द्र जैन उपचारका लागि धरौटीमा रिहा भएका छन्।
प्रतिक्रिया