चर्चित नेपाली टिकटकर आयुष र पाकिस्तानी प्रेमिका एलिजेको इन्गेजमेन्ट चर्चामा

काठमाडौं– नेपालका चर्चित टिकटकर आयुषसिंह ठकुरी र उनकी पाकिस्तानी प्रेमिका अलिजेह जमाली (एलिजे)ले शुक्रबार दुबईमा इन्गेजमेन्ट गरेका छन् ।

आयुष र जमालीले आ–आफ्ना टिकटक एकाउन्टबाट सार्वजनिक गरेको भिडिओमा एकअर्काले औंठी लगाइदिएको दृश्य देख्न सकिन्छ । नेपालका आयुष र पाकिस्तानकी जमाली टिकटक लाइभबाट जोडिएका हुन् ।

पछिल्लो समय दुबईमा बस्दै आएका यी दुवै जना केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

बुर्काले अनुहार छोपेर लाइभमा आउने जमालीका १५ लाख र आयुषका झण्डै ८ लाख फलोअर्स छन्। आयुषलाई भेट्नैको लागि केही समयअघि जमाली दुबईबाट नेपाल आएकी थिइन् ।

जमाली गत २८ मे २०२३ (२०८० जेठ १४ गते) नेपाल आएकी थिइन्। फ्लाई दुबईको जहाजबाट बिहान ११ बजे काठमाडौं विमानस्थलमा अवतरण गरेकी उनी १० जुन २०२३ (२७ जेठ) मा फर्केकी थिईन।

तीनजना अंगरक्षकसहित नेपाल आएकी जमालीलाई स्वागत गर्न आयुष बुके बोकेर विमानस्थलमा पुगेका थिए ।

यता, आयुष र जमालीले इंगेजमेन्ट गरेकै दिन जमालीको बुर्काबिनाको अनुहारको तस्बिर टिकटकमा सार्वजनिक भएको छ। ‘बिक्कीसोनी’ नामको एकाउन्टबाट शुक्रबार साँझतिर उनको अनुहारसहितको पोस्ट गरिएको हो। यो एकाउन्ट कसको हो भनेर यकिन भइसकेको छैन।

पाकिस्तानी मुस्लिम परिवारकी उनले आफ्नो अनुहारको बुर्का तल झारेर हेरिरहेको तस्बिर टिकटकमा छ। उनले जमालीको अनुहारसहितको फोटोमाथि ‘ब्रेकिङ न्युज, एलिजा फेस रिबिल, नेपाल बुहारी एलिजा’ लेखेर टिकटकमा पोस्ट गरेका छन्।

यो दृश्य नेपालकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीबाट बाहिरिएको हुन सक्ने आशंका गरिएको छ। जमालीले नेपाल आगमनबारे अध्यागमनमा नाम दर्ता गराउँदा बुर्का खोलेको र त्यही बेला अध्यागमन कर्मचारीले दृश्य कैद गरेको हुन सक्ने अनुमान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट