जनकपुरको बिग मार्टमा आगलागी हुँदा १० करोडको क्षती, घरभित्र रहेका दम्पत्तिको यस्तो छ अवस्था

राजविराज– जनकपुरको बिग मार्टमा गए राती ११ बजे अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको छ ।

जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकमा रहेको मार्टमा लागेको आगो ५ वटा बारुणयन्त्र, प्रहरी, स्थानीयलगायतको सहयोगमा नियन्त्रण भएको हो ।

आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ । मार्टको सामान साढे चार करोड, घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको क्षति पुगेको सञ्चालक रामबाबु रायले बताए।

मार्टमा आगो सल्किँदा संचालक रामबाबु राय यादव दम्पत्ति दोस्रो तल्लामा सुतेका थिए। उनीहरूले भागेर ज्यान जोगाएको प्रहरीले जानकारी दिएको छ।

आगलागीको कारण भने खुलिनसकेको धनुषाका डीएसपी रञ्जन आवाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट