९२ दिनमा १४ हिमाल चढेर विश्व कीर्तिमान बनाएका तेन्जेनको हिम पहिरोमा मृत्यु

काठमाडौं– ९२ दिनमै १४ हिमाल चढेका विश्व कीर्तिमानी आरोही तेन्जेन लामाको चीनको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा परेर मृत्यु भएको छ। सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले हिमपहिरोमा बेपत्ता भएका शेर्पाको मृत्यु भएको पुष्टि गरेका छन्।

तेन्जेन शनिबारदेखि तिब्बतमा पर्ने सिसापाङ्मा हिमालमा बेपत्ता थिए। ७ हजार ६ सय मिटरमाथि गएको हिमपहिरोमा उनीसहित एक अमेरिकी आरोहीको पनि मृत्यु भएको छ।

तेन्जेन विश्व कीर्तिमानी आरोही हुन्। उनले हालैमात्र ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल ९२ दिनमा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए।

नर्वेजियन पर्वातारोही क्रिस्टिन हरिलासँगै बनाएको यो रेकर्ड यसअघि निर्मल पुर्जा उर्फ ‘निम्स दाइ’ को नाममा थियो। पुर्जाले ६ महिना ६ दिन लगाएर बनाएको उक्त रेकर्ड तेन्जेनले आधा समयमै भंग गरिदिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट