प्रचण्ड, देउवा र लिङ्देनले सहमति गर्दैमा कोशीमा वन्दैन सरकार, यस्तो छ सिटौला फ्याक्टर

विराटनगर– नेपाली कांग्रेस कोशी प्रदेश सांसद तथा विराटनगर उपमहानगरपालिकाका पूर्व मेयर भीम पराजुलीले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर मुख्यमन्त्रीमा आफनो दावी पेश गरेका हुन।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको दुई पटकको नियुक्ती सर्वाेच्च अदालतले बदर गरिदिएको थियो । त्यसपछि मुख्यमन्त्री बनेका नेकपा एमालेका हिक्मत कुमार कार्कीले पनि विश्वासको मत पाउने स्थिति नभएपछि पदबाट राजीनामा दिएका छन् ।

थापा दुई–दुईपटक मुख्यमन्त्री पदबाट हट्नु परेपछि संसदीय दलको नेतामा उनको विकल्प खोज्नुपर्ने आवाज पार्टीभित्र उठेको छ । संस्थापन र इतर समूहले दलको नेताको विकल्पका बारेमा छलफल गरिरहेका बेला पराजुलीले भेटेर आफूलाई मुख्यमन्त्री बनाउन देउवा समक्ष माग गरेका हुन।

थापा र पराजुली दुवै कृष्णप्रसाद सिटौला पक्षका हुन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पराजुली विराटनगर महानगरपालिकाका पूर्वमेयर हुन् । प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेपछि सत्तारुढ गठबन्धन कांग्रेस भित्र नेतृत्वका लागि हानथाप छ ।

दलका नेता उद्धव थापासँगै इतर समूहका नेता केदार कार्की पनि मुख्यमन्त्रीको दाबेदार छन् । अमृत अर्याल, हिमाल कार्कीले पनि चाहाना व्यक्त गरेका छन् । कांग्रेस इतर समूहका नेता डाक्टर शेखर कोइराला र डाक्टर मिनेन्द्र रिजालले केदार कार्कीलाई गठबन्धनको उम्मेदवार बनाउन पार्टीसँगै गठबन्धन दल माओवादी केन्द्रलाई पनि दबाब दिइरहेका छन् ।

कोइराला र रिजालले सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कार्कीलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । गठबन्धनले उम्मेदवार नबनाए विद्रोह गरेर एमालेसँग मिल्ने चेतावनी समेत उनीहरुले दिइरहेका छन् ।

कार्कीले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ८ जनाको हस्ताक्षर जुटाए बहुमतको सरकार बनाउनका लागि सहयोग गर्ने आश्वासन दिएका थिए । प्रदेशमा कांग्रेस संस्थापन इतर समूहका ९ जना सांसद छन् ।

यता, पराजुलीको प्रश्तवामा देउवाले संसदीय दलको नेता नै पहिलो प्राथमिकता रहने बताएका थिए। गठबन्धनमा सहभागि हुनका लागि राप्रपा सकारात्मक देखिएको देउवाले जवाफ दिएको उनले बताए ।

राप्रपा गठबन्धनमा आउँदा यस्तो छ सिटौला फ्याक्टर
राप्रपा थापाको विकल्पमा उम्मेदवार खोज्नुपर्ने पक्षमा छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस नेता सिटौला तथा कांग्रेसका थापा र राप्रपा कोशी प्रदेशका संसदीय दलका नेता भक्ति सिटौलाबीचमा सम्बन्ध राम्रो नभएको कांग्रेस नेताहरु बताउँछन् ।

लिङ्देन र सिटौला झापा क्षेत्र नम्बर ३ का प्रतिस्पर्धी हुन् भने थापाकै कारण सिटौलाले अपमान पूर्वक कांग्रेस छोडेका थिए। २०३६/०३७ तिर नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसको मूलधारको राजनीतिमा प्रवेश गरेका सिटौलाले २०७० मा कांग्रेस छाडेका हुन् ।

त्यसबेला झापाको निर्वाचन क्षेत्र नम्बर २ मा संविधानसभा सदस्यमा उठ्ने तयारीमा थिए । तर, कांग्रेस नेतृत्वले टिकट दिएन । क्षेत्र नम्बर २ मा उनको सट्टा उद्धव थापा उमेदवार बनाइए । ‘पार्टी नेतृत्वले काविल भएर पनि भेदभाव गर्दै बेवास्ता गरेपछि’ सिटौलाले कांग्रेस छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी राजे ।

त्यतिबेला संविधानसभा सदस्यमा राप्रपाबाट मनोनयन दर्ता गराएपछि कांग्रेससँगको ३० वर्षे नाता सम्बन्ध टुटेको थियो । विगतमा उद्धवकै कारण कांग्रेसबाट ‘अपमानपूर्ण ढंगले’ बर्हिगमित सिटौलाले उनैलाई साथ दिने सम्भावना न्युन रहेको कांग्रेकै नेताहरु वताउँछन्।

केन्द्रीय स्तरमा कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपाका राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्दनेबीच छलफल भए पनि कुन मोडालिटीमा सरकार बन्ने ? र राप्रपाको अवस्था के हुने ? भन्ने टुंगो लाग्न सिटौला फ्याक्टर महत्वपूर्ण हुने वताईन्छ।

राप्रपाको साथ पाए गठबन्धनले ५२ सांसदको समर्थनसहित सहज ढंगको सरकार बनाउन सक्छ । नपाए वहुमत सावित गर्न कठिन छ। कोसीमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका १ सांसद छन् । एमालेसँग ४० र राप्रपाका ६ सांसद छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । उपधारा ५ अनुसार गठन आह्वान भएको सरकारमा दाबी पेश गर्नका लागि ४७ जना सांसदको हस्ताक्षर नै चाहिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट