तीनकुने हत्या प्रकरणका अभियुक्तलाई जीवित रहेसम्म काराबासको सजाय माग गर्दै मुद्दा दायर

काठमाडौं– तीनकुने सामूहिक हत्या प्रकरणका मुख्य अभियुक्त सञ्जय भण्डारीविरूद्ध ‘जीवित रहेसम्म कैद हुनेगरी’ जन्मकैदको सजाय मागदाबी सहित मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा भण्डारी विरुद्ध यस्तो माग गरिएको हो। काठमाडौंको तीनकुनेस्थित दिव्य समिलमा भएको सामूहिक हत्याको अनुसन्धान सकेर बुधबार प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

भण्डारीले ४ जनालाई क्रुर तथा अमानवीय तवरबाट निर्ममतापूर्वक ज्यान मारेको स्विकार गरिसकेका छन्। उनले त्यसमाथि वढेर अझै आधा दर्जन ब्यक्तिको हत्या गरेको दावी गर्दै अनुशन्धान गरेर पुष्टि गर्न प्रहरीलाई चुनौती दिएका छन्।

‘नीज प्रतिवादीले मुलुकी अपराध संहिता २०७४ को दफा ४१ (क) बमोजि निर्ममतापूर्वक हत्या गरेको ठहर गरी सोही दफा ४१(क) बमोजिम नीज प्रतिवादीलाई जीवित रहेसम्म कैद हुनेगरी जन्मकैदको सजायको माग गरी अभियोगपत्र पेश गरिएको छ,’ सरकारी वकिलले अदालतमा पेश गरेको अभियोगपत्रमा भनिएको छ।

सञ्जयले भदौ ३० गते श्री दिव्य सः मिल तथा काष्ठ उद्योगमा नवीन भनिने विशाल राई, दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको हत्या गरेका थिए।

प्रहरीसँगको बयानमा सञ्जयले आफू नवीनको हत्या गर्न तीनकुने गएको तर हत्या गर्दै गर्दा अन्य व्यक्तिहरूले पनि देखेपछि उनीहरूको पनि हत्या गरेको बयान दिएका थिए।

उनले केही समयअगाडि चाबाहिलमा नवीन चढेको मोटरसाइकलले ठक्कर दिएपछि नवीनले उल्टै आफूमाथि कुटपिट गरेपछि हत्या गर्ने योजना बनाएको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट