के हो राजेश हमाल र उषा रजकको लफडा ?, उषाले मागिन् माफी

काठमाडौं– अभिनेता राजेश हमाल र अभिनेत्री उषा रजकबीचको लफडा अहिले सामाजिक सञ्जालमा चर्चामा छ। उषाले हमालको बारेमा दिएको एक अभिव्यक्तिको चर्को आलोचना भएपछि उनले माफी मागेकी छन् ।

केही दिनअगाडि उषाले उषाले एउटा टेलिभिजन कार्यक्रममा हमाललाई ‘ओभररेटेड एक्टर’ भनेर आलोचना गरेकी थिइन् । कमेडी शो ‘आम्मा कसम यहाँ दुख्छ’ मा बोल्दै उनले राजेश हमालको अभिनय पनि खासै नभएको र नृत्य पनि सबैलाई थाहा भएको भन्दै उनले आलोचना समेत गरेकी थिइन् ।

अहिले भने उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै हमालसँग माफी मागेकी हुन् । उनले लेखेकी छन्, ‘म, उषा रजक, हाम्रा वरिष्ठ अभिनेता राजेश हमालजीसँग माफी माग्न चाहन्छु । मैले गरेका टिप्पणीहरू कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीहरूलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन । उहाँको बौद्धिकताबाट प्रेरित, मैले हाम्रा महानायकको बारेमा, उहाँको महान् कार्य र योगदानहरूको बारेमा धेरै राम्रा कुराहरू पनि भनेकी थिएँ । तर मेरै दुर्भाग्यवश ती अभिव्यक्तिहरू डिजिटल तारहरू बिच कहीँ कतै हराए।’

उनले ‘अरू कसैलाई दोष नदिई, कुनै बहाना नबनाउँदै मनदेखि माफी माग्दछु’ भन्दै लेखेकी छिन्। ‘आखिर शब्द मेरै हुन् । मैले भनेको कुराको लागि म आफै माफी माग्दछु ।’– उनले लेखेकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट