यसरी सार्वजनिक भयो पूर्वमिस नेपाल श्रृंखला खतिवडा र मिडिया उद्यमी सम्भव सिरोहीयाको प्रेम

राजविराज– पूर्वमिस नेपाल श्रृंखला खतिवडा र कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशकमा सम्भव सिरोहियाबीचको प्रेम सम्वन्ध सार्वजनिक भएको छ।

श्रृंखलाको इन्स्टाग्राम मार्फत आइतबार बेलुका उनीहरुको प्रेम सम्वन्ध सार्वजनिक भएको हो। श्रृंखलाले सम्भवसँगको रोमान्टिक तस्वीर सेयर गर्दै ठूलो आँटका साथ प्रेम सम्बन्धलाई सार्वजनिक गरेको उल्लेख गरेकी छिन् ।

‘हामी दुबै अन्तर्मुखी व्यक्तिलाई आफ्नो प्रेम सार्वजनिक गर्न ठूलै साहस उठाउनुपरेको छ । तर, यो हामीले भन्नैपर्ने समय हो। गतवर्ष यस्तो गर्न निकै मुस्किल भएको थियो’ उनले लेखेकी छिन्–‘म मेरो भर्चुअल परिवारसँग हाम्रो प्रेम सम्बन्ध सार्वजनिक गर्न पाउँदा खुशि छु।’

उनले सम्भवको प्रशंसा गरेकी छिन्। यसअघि कान्तिपुर मिडिया ग्रुपको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएर काम गरेका सम्भव असोज पहिलो साता मात्रै प्रबन्ध निर्देशक नियुक्त भएका हुन। यसअघि कान्तिपुरको प्रबन्ध निर्देशक उनको बुवा कैलाश सिरोहिया थिए।

यता, मिस नेपाल २०१८ कि बिजेता श्रृंखला खतिवडा यसअघि भ्लगर सिसन बानियाँसँग प्रेम सम्वन्धमा रहेको चर्चा थियो। मिस वल्र्डमा भाग लिने समयदेखि नै सिसन र श्रृंखला निकट थिए । देश–विदेशमा घुम्नदेखि सामाजिक सञ्जालमा मायालाई अभिव्यक्तसम्म गरे ।

तर, त्यसपछि उनीहरुले एकले अर्कोलाई इन्स्टाग्राममा अनफलो गरे। लामो फेसबुक स्टाटस लेख्दै सिसनले श्रृंखलासँग ब्रेकअप भइसकेको संकेत गरे । यी दुईले जहिलेदेखि एकअर्कालाई अनफलो गरे, श्रृंखलाको नाम सोही समयदेखि सम्भवसँग जोडियो ।

श्रृंखलाकी आमा मनु खतिवडाले टिकटकमा लगातार पोस्ट गरिरहेका भिडियोले श्रृंखला र सम्भवबीच निकटता बढिरहेको भन्दै समाचार पनि आए। सोही समयमा सम्भवले प्रेमको हल्लालाई पुष्टि हुने गरी इन्स्टाग्राममा एक तस्वीर पनि सेयर गरेका थिए। जुन तस्वीर श्रृंखलाले खिचेकी थिईन। सम्भवले हार्वर्ड विश्वविद्यालयको क्याप लगाएका थिए। श्रृंखला हावर्ड युनिभर्सिटीमै अध्ययनरत थिईन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट