हङकङ ९४ रनमा अलआउट, करण केसी एक्लैले लिए ४ विकेट
काठमाडौं– त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो ।
सुरुवातमै खराव प्रदर्शन गरेको हङकङले १४ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको थियो। हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ । दुबैले छैटौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए ।
हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २÷२ तथा कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिए ।
नेपालले केही बेरमा ब्याटिङ गर्दैछ।
प्रतिक्रिया