त्रिकोणात्मक सिरिज: नेपालको तेस्रो जीत, हङकङ ७९ रनले पराजित

काठमाडौं– त्रिदेशीय टी–२० सिरिजमा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको छ। शनिबार मुलपानी क्रिकेट मैदानमा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको हो।

नेपालले ६ विकेट गुमाएर हङकङलाई २१४ रनको लक्ष्य दिएको थियो। हङकङले २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन मात्रै बनायो।

नेपालका लागि टी–२०मा डेब्यु गरेका प्रतिश जिसीले १९.५ बलमा हरून आर्शदको विकेट लिए। करण केसीले १८.६ ओभरमा स्टक मिककेनी, सोमपाल कामीले १४.६ ओभरमा जिशन अली र ललित राजवंशीले १५.२ ओभरमा ऐजाज खानको विकेट लिए।

दीपेन्द्रसिंह ऐरीले हङकङका अन्शुमन राथको विकेट लिएका हुन्। राथले हङकङका लागि सर्वाधिक ४५ रन बनाएर आउट भएका हुन्। त्यसअघि ७.६ ओभरमा सोमपाल कामीले बाबर हयातलाई आउट गरेका थिए। ललित राजवंशीले २.२ ओभरमा निजाकत खानलाई आउट गरेका हुन्। खानले प्रहार गरेको बल प्रतिश जिसीले क्याच गरेका थिए।

पहिलो ओभरको दोस्रो बलमा करण केसीले मार्टिन कोइत्जीलाई बोल्ड गरेका थिए। नेपालको ब्याटिङतर्फ कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक रन पूरा गरेका छन्। मल्लले ४१ बलमा ९२ रन बनाएर आउट भए। उनले तीन चौका र ९ छक्का प्रहार गरेका छन्।

यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ बलमा ५७ रन बनाएका छन्। उनले ६ चौका र दुई छक्का प्रहार गरी अर्धशतक पूरा गरेका हुन्। ओपनर आसिफ शेखले १३ बलमा २० रन पूरा गरी आउट भएका थिए। कप्तान रोहित पौडेलले ११ रन, सोमपाल कामीले ८ रन र ओपनर कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए।

नेपाल, हङकङ र युएईबीचको टी–२० सिरिजमा नेपालले योसँगै तीन खेलमा जित हात पारेको छ।

आइतबार हङकङ र युएईबीच खेल हुनेछ। सोमबार नेपाल र युएई, बुधबार हङकङ र युएईबीच र फाइनल खेल शुक्रबार हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट