२ साताकी सुत्केरी श्रीमती घरमाः ७ वर्षिया बालिका बलात्कारपछि हत्या गरेपछि श्रीमान प्रहरी खोरमा

भोजपुर– भोजपुरको आमचोक गाउँपालिका–६ टेङलुङछुक निवासी दीबबहादुर राईकी ७ वर्षीया छोरी बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका छिमेकी २१ वर्षीय दीपचन्द्र राई विवाहित भएको खुलेको छ। उनकी श्रीमती दुई साताकी सुत्केरी छिन्।

घरमा सुत्केरी श्रीमती छोडेर उनले ७ वर्षिया बालिकालाई मोवाईलमा फ्रिफायर खेल्न दिने प्रलोभन दिई जंगलतिर लगेका थिए। बालिकालाई बोकेर करिव डेढ किलोमिटर टाढा जंगलको गुफामा पु¥याई बलात्कार गरी हत्या गरेको उनले स्विकारेका छन्।

विहिवार साँझ ६ बजेदेखि हराइरहेकी बालिकाको शव स्थानीय जंगलको गुफाको पानीमा डुबेको अवस्थामा शनिबार बिहान ९ बजे फेला परेको थियो। शरीरको तल्लो भागमा कपडा नभएको अवस्थामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।

अभिभावकले खबर गरेपछि शुक्रबार बिहानबाट इलाका प्रहरी कार्यालय बोयाङ र इलाका प्रहरी कार्यालय घोडेटारबाट गएको २५ जनाको प्रहरी टोलीले बालिकाको खोजी सुरु गरेको थियो। बालिकाको खोजीमा दीपचन्द्र पनि अभिभावक र प्रहरीसँगै हिडेका थिए।

बालिकाका अभिभावकले पनि कुनै शंका नगरेको अवस्थामा प्रहरीले शुक्रबार विहान ११ बजे राईलाई पक्राउ गरेको थियो। उसलाई नियन्त्रणमा लिँदा पनि बालिकाका अभिभावकले ‘उसलाई छोड्दिनुस्, यो त्यस्तो मान्छे होइन’ भन्दै प्रहरीलाई आग्रह गरेका थिए।

उनले शुक्रबार राति १ बजे मात्रै बालिकाको बलात्कारपछि हत्या गरेको बयान दिएका थिए। उनको कपडा खोलेर हेर्दा ढाडमा चिथोरेको घाउ भेटिएको थियो। थप केरकार गर्दा बालिकालाई बोकेर जंगलतिर जाँने क्रममा लडेर चोट लागेको बयान दिएका छन्।

आरोपी राईलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय भोजपुरको हिरासतमा राखेको छ।

सम्वन्धित खवर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट