यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं– मलेसियाको बायोमास ओभलमा भइरहेको यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध ब्याटिङ सुरु गरेको छ। टस जितेर ब्याटिङ रोजेको खेलमा अर्जुन कुमाल र दिपक बोहोरा ओपनिङ जोडी छन् ।

उपाधिका लागि भिडिरहेका दुबै टोलीले यू–१९ एसिया कपमा स्थान पक्का गरिसकेका छन् । त्यस क्रममा नेपालले जापान र यूएईले सिंगापुरलाई सेमिफाइनलमा हराएको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा सिंगापुरलाई हराएर जापानले पनि यू–१९ एसिया कपमा स्थान बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट