दोलखामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ जना भारतीय तिर्थयात्री घाईते

काठमाडौं– दोलखाको बिगु गाउँपालिका–२ ओराङमा गएराती बा १४ च ८९३४ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

दुर्घटनामा बिगु–२ कै चिनीमाया तामाङ र बालमायी तामाङको मृत्यु भएको हो।

घाईतेहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी दीपक खड्काले बताए। अप्ठ्यारो सडकमा तीव्र गतिका कारण जिप पल्टिएको अनुमान प्रहरीले गरेको छ।

यता, भारती तीर्थयात्री चढेको सुमो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ जाने भित्री सडकखण्डमा दुर्घटना हुँदा १३ जना घाईते भएका छन्। आज बिहान करिव साढे ३ वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्र०३–००१ज०२८३ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना भएको हो।

गाडी सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र चालक बारा जिल्लाको कलैया नगरपालिका–२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले बताए ।

घाइतेहरुलाई उपचारका लागि काठमार्डौं पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट