शुल्क नवुझाएको भन्दै १ कक्षाका बालकलाई बन्धक बनाउने प्रिन्सिपल पक्राउ

लहान– दसैंको वेला शुल्क नवुझाएको भन्दै बन्धक बनाईएका सिरहाका एक बालकको मंगलबार प्रहरीले उद्वार गरेको छ।

सिरहाको लहान नगरपालिकाका–४ स्थित एक बोर्डिङका सञ्चालकसमेत रहेका प्रिन्सिपलको घरबाट बालकको उद्वार गरिएको हो।

पाराडाइज एकेडेमीमा कक्षा १ मा अध्ययनरत सचिन रामलाई शुल्क नदिएको भन्दै प्रिन्सिपल राकेश गुप्ताले आफ्नै घरको कोठामा थुनेर राखेका थिए ।

छोरालाई स्कूलले बन्धक बनाएपछि उनका बुवा दीपेन्द्र इलाका प्रहरी कार्यालय लहानमा पुगेका थिए। दीपेन्द्रको हारगुहारपछि डीएसपी भोला भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले बालकको उद्वार गरेको हो।

प्रहरीले प्रिन्सिपल राकेश गुप्तासहित ३ जनालाई नियन्त्रणमा लिएको छ। गुप्ता पक्राउ परेपछि उनलाई छुटाउन निजी विद्यालयका सञ्चालक तथा विभिन्न संघ÷संगठनले प्रहरीलाई दबाब दिईरहेको स्रोतको दावी छ।

डीएसपी भट्टले विद्यार्थीलाई उद्वार गरेको र अनुसन्धानका लागि तीनजनालाई पक्राउ गरिएको जानकारी दिदै घट्नाको शुक्ष्म अनुशन्धान भईरहेको वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट